जेठ २६ काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो भदौ महिनामा पार्टीको चौधौँ महाधिवेशन हुने प्रतिबद्धता जनाउनुभएको छ । बुधवार एक विज्ञप्ति जरी गर्दै सभापति देउवाले भदौमा पार्टीकाे चौधौँ महाधिवेशन हुनेमा आफू प्रतिबद्ध रहेको समेत जानकारी उल्लेख गर्नु भएको छ ।
पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्त्वपूर्ण राजनीतिक अभियान रहेको भन्दै देउवाले पार्टीको जीवन्तताका लागि महायज्ञ हो भन्ने कुरा आफूले राम्रोसँग बुझेको समेत बताउनु भएको छ।
अहिले महाधिवेशनको विषयलाई लिएर बाहिरा विभिन्न किसीमको कुरा उठ्ने गरेको भन्दै पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई लिएर विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति स्वीकार्य नहुने उहाले बताउनु भएको छ । पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्य मिलेर सम्पन्न गर्ने काम भएको भन्दै उहाँले यसका लागि सबैजान जिम्मेवार हुनुपर्ने समेत बताउनु भएको छ।