Home > Uncategorized > रामेछापको बेथानमा जीप दुर्घटना, ६ जना घाइते

रामेछापको बेथानमा जीप दुर्घटना, ६ जना घाइते

मनोज जंग कार्की

जेठ २६ -रामेछापको सुनापति गाउँपालिका वडा नं ४ बेथानमा आज बिहान भएको जीप दुर्घटना हुदा ६ जना घाइते भएका छन् ।

जिल्लाको लोप्राङ भन्ने स्थानबाट बेथानकै डहु तर्फ जाँदै गरेको प्रदेश ३–०१ ०२४ च ५५५२ नम्बरको बाेलेरो जीप करिब ११ बजे दुर्घटना हुँदा जीपमा सवार रहेका ६ जना घाइते भएका जिल्ला प्रहरी रामेछापले जानकारी दिएको छ ।

घाइतेहरुलाइ स्थानीय र बेथान प्रहरी चौकीबाट खटिएका प्रहरीले उद्धार गरेका थिए । सबै घाइतेको बेथान स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले अनलाइन खबरलाई बताउनु भएको छ । प्रवक्ताको अनुसार घाइतेको अवस्था सामान्यरहेको छ }चालक २२ वर्षीय रामशरण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ अहिले थप अनुसन्धान भइरहेको छ उहाले बताउनु भयो ।

कोरोना महामारीको समयमा सिंगो देश लकडाउनको अवस्थामा छ अतिआवस्यक गाडी भन्दा बाहेक अरु संचालन गर्न दिएको छैन यस्तो अवस्थामा पनि बिभिन्न ठाउमा सवारी दुर्घटनामा सर्वसधरणले ज्यान गुमाउनु परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *