Home > मनोरन्जन > आज महानायक राजेश हमालको जन्मदिन

आज महानायक राजेश हमालको जन्मदिन

महानायक अभिनेता राजेश हमालको आज जन्मदिन परेको छ। ५३ औ बर्ष पार गरेर ५४ बर्षमा प्रवेश गरेका हमालको १९६४ जुन ९ मा माता रेणु हमालको कोखमा जन्म भएको थियो । उनको पिताको नाम चुडा बहादुर हमाल हो। ३ दिदी बहिनी पछी जन्म लिएका हमाल कान्छो भाई हुन् ।

२०४८ सालको ‘युगदेखि युगसम्म’बाट अभिनयमा पाइला चालेका उनी नेपाली सिने जगतको दरिलो खम्बा हुन् । ३ सय भन्दा बढी सिनेमामा अभिनय गरेका हमालले नामको अगाडी महानायकको जोडेका छन्  । जसको अर्थ सिनेमा क्षेत्रकै सर्वाधिक ठुलो व्यक्तित्व हुन्छ।

४ वर्ष अगाडी ५० वर्षको उमेरमा मधु भट्टराईसँग विवाह गरेका राजेशले ‘सकुन्तला’ सिनेमामा आएर अभिनय यात्रा रोकेका थिए। ठुलो पर्दामा रोकिएता पनि सानो पर्दामा भने उनको पछिल्लो समय सकृयता बढ्दो छ।

थुप्रै ब्लकबस्टर सिनेमा दिइसकेका हमालले नेपाली सिनेमाको बजार र व्यापारलाई फराकिलो बनाएका थिए । कुनै समय हमालको टाउको मात्र पोस्टरमा राखिदिए हलमा दर्शकको लाम लाग्ने गर्थ्यो। सिनेमा क्षेत्रमा तीन दशक अभिनय गरेका हमालको जोडी कृष्टि मैनाली, करिश्मा मानन्धर, निरुता सिंह हुँदै रेखा थापासँग समेत जम्यो ।

सुँगठिलो शरीर, विद्द्वान र क्याची लुक्सका धनि हमाल प्राय: दुखि र गाउँले युवकको भूमिकामा देखा पर्थ्ये । त्यसैले उनको फ्यान फलोवीङ शहर, गाउँदेखि देशका कुना-कुना सम्म हुने गर्दथ्यो।

लामोसमय पछी ठुलो पर्दामा कमब्याक गर्ने तयारी गरेका उनी चाँडैनै प्रोडक्सनबाट आउने तर्खर रहेको केही समय अघि बताएका थिए l सिनेपाटी परिवार बाट महानायक राजेश हमाललाई जन्मदिनको बधाई तथा शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *