इस्लामावाद(एजेन्सी) । पाकिस्तानको बन्दरगाह सहर कराँचीमा बिहीबार बिहान यात्रुवाहक दुई वटा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य ४५ जना घाइते भएका अस्पताल स्रोतले जानकारी दिएको छ ।
कराँची सहरमा अवस्थित जिन्नाह अस्पतालका प्रवत्ता सीमी जमालीले घटनास्थलबाट २१ वटा शव र ४५ जना घाइतेलाई अस्पतालमा ल्याइएको जानकारी दिनुभयो । मृतक मध्ये कम्तीमा २ जना बालबालिका र तीन जना महिला रहेका पनि प्रवक्ता जमालीले बताएका छन् ।