Home > मुख्य समाचार > कांग्रेस सांसद विन्दीया कार्कीको छोराले चलाएको गाडीको ठक्करबाट उद्योगमा कार्यरत मजदुरको मृत्यु

कांग्रेस सांसद विन्दीया कार्कीको छोराले चलाएको गाडीको ठक्करबाट उद्योगमा कार्यरत मजदुरको मृत्यु

२१ जेठ, काठमाडौं। विराटनगर एयरपोर्ट रोडमा कारको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । विहिबार साँँझ एयरपोर्ट मोडको होटल अगाडी प्र ३–०१–०२२ च २१३९ नं. को कारले ठक्करदिँदा भारतको कटियारका ३५ वर्षीय मुकेश शर्माको मृत्यु भएको हो ।
सोही कारको ठक्करबाट मोरङको कटहरीका २२ वर्षीय राजकुमार राजवंशी पनि घाइते हुनु भएको छ । उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनकरी दिएको छ । विराटनगर–४ स्थित न्यू एभरेष्ट स्टिल उद्योगमा कार्यरत मजदुर उद्योगमा काम गरेर फर्किने क्रममा कारले ठक्कर दिएको थियो ।

उक्त कार नेपाली कांग्रेस प्रदेशसभा सदस्य बिन्दिया कार्कीको हो । स्रोतका अनुसार सो कार सांसद कार्कीका छोरा रोविनले चलाइरहेका थिए। प्रत्यक्षदर्शीका अनुसार कारले ठक्कर दिएपछि अवस्था गम्भीर देखेरे चालक कार्की त्यहाँबाट फरार भएका थिए।कार आफ्नै रहेको सांसद कार्कीले स्वीकार गरेको छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *