२०७८ जेठ २१ गते (शुक्रबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ?
मौसम विश्लेषण-
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ ।
हाल मौसमको अवस्था–
हाल बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो: प्रदेश १, प्रदेश २ र बागमी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
राती: पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहनेछ र बांकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८–०२–२१ बिहान ६:०० बजे)