Home > Uncategorized > मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

२०७८ जेठ १९ गते  (बुधबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation)  सामान्य प्रभाव छ ।

हाल मौसमको अवस्था :

हाल प्रदेश १ लगायत पहाडी भु-भागमा आंशिक बदली र देशका अन्य भू-भागहरु मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो: प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली र वाँकी स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराई भु-भागका एक दुइ स्थानमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती: प्रदेश १ लगायत देशका पहाडी भूभागहरुमा आंशिक देखी सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १ लगायत पहाडी भु-भागका थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा को सम्भावना रहेको छ।

copy -नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८०२१९ विहान :०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *