जेठ १७ काठमाडौं-दार्चुलाजिल्लाको अपी हिमाल गाउँपालिका-५ मा एक जान महिला यार्सागुम्बा सङ्कलन गर्ने क्रममा ज्यान गएकाे छ। यार्सागुम्बा सङ्कलनको लागि अपी हिमाल गाउँपालिकाको वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको ज्यान गएकाे हाे।
यार्सागुम्बा सङ्कलनका लागि उक्त स्थानमा पुगेको चुन्धरी धामीको पेट दुख्ने समस्या आएपछिथियो। दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि उनकाे ज्यान गएको आफन्तले बताएका छन् । मृतकको शवलाई आइतवार घर ल्याइएको छ ।