२०७८ जेठ १७ गते (सोमबार)-मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस
मौसम विश्लेषण
हाल देशमा पश्चिमि वायु,स्थानीय वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यून चापीय क्षेत्र (low pressure area )को सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था:
हाल प्रदेश नं १ मा पुर्ण बदलि र देशका अन्य भू-भागका अधिकांश स्थानहरुमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १.प्रदेश नं २ र बाग्मति प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा भईरहेको छ ।
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। प्रदेश नँ १ र बाग्मति प्रदेशका एक दुइ स्थानमा भारि बर्षाको पनि संभाबना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, प्रदेश २, बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक दुई स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।
copy-नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८-०२-१७ बिहान ६:०० बजे)