Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

आज १७ जेठ २०७८, सोमवार
ब्रम्ह गरीजी श्र‌ावण , विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
बिहानको ०६ : ३०
May 31, 2021

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफन्त, सहयोगी र मित्रवर्गको
सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ ।

गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ ।

मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

परोपकारी कार्यमा संलग्न भइनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज भाग्यले साथ दिनेछ ।

सजिलै अरूको मन जित्न सकिनेछ ।

परोपकार तथा सामाजिक सहयोग
आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
नाता–कुटुम्बको आगमन हुने एवं परिवारमा
नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ ।
आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
भने कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा
रमाइलो वातावरण छाउनेछ ।
परोपकारका क्षेत्रमा लगानीको समय छ ।
हर्ष र प्रसन्नता छाउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन सहयोग गर्ने भन्दा
आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् ।
आफन्तहरूको सहयोगले कामहरू अगाडी बढ्नेछन् ।
पुनर्मिलनको योग पनि छ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
वाणीमा कुशलता आउने दिन परेको छ ।

करियरको क्षेत्रमा मन मिल्ने साथीको
सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
यात्रा गर्ने अवसरपनि जुट्नेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।
दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।
रोकिएका काम पुनः सुरु हुन सक्छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परोपकारजन्य कार्यमा लगाव
बढ्ने र धनसञ्चयको अवसर प्राप्त हुनेछ ।

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो ।

व्यवसायिक क्षेत्रबाट लाभ हुनेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला ।

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

सामाजिक काममा व्यास्त हुने समय रहेको छ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ ।
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।
आम्दानीमापनि कमी आउनेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
बोलीवचन एवं प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ ।

परोपकारी कार्यमा संलग्न भइनेछ ।

रचनात्मक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

– ज्यो.प. नबराज मैनाली

Leave a Reply

Your email address will not be published. Required fields are marked *