Home > मुख्य समाचार > ललितपुर जिल्लाका राजनीतिक दलहरुको संयुक्त बैठक सम्पन्न : प्रेस विज्ञप्ति जारी

ललितपुर जिल्लाका राजनीतिक दलहरुको संयुक्त बैठक सम्पन्न : प्रेस विज्ञप्ति जारी

सुनिता खडका
ललितपुर जेठ १६ -प्रतिनिधि सभालाइ रातारात विघठन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको अबैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगमनकारी कार्यको विरुद्ध मिति २०७८/०२/१५ गते पुल्चोक, ललितपुर जिल्लामा बसेको ललितपुर जिल्लाका राजनीतिक दल हरुको संयुक्त बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली कांग्रेसका ललितपुरका सभापति मदन अमात्य ज्यु, नेकपा माओवादी (केन्द्र) ललितपुरका अध्यक्ष राजकाजी महर्जन , नेकपा एमाले ललितपुरका हरिकृष्ण थापा मगर, राष्ट्रिय जनमोर्चा ललितपुरका निल गोबिन्द महर्जन, विवेकशील साझापार्टि ललितपुरका संयोजक उज्ज्वल कृष्ण श्रेष्ठ र जनता समाजवादी पार्टी ललितपुरका सचिव ज्यु हरुको उपस्थितमा संयुक्त प्रेस विज्ञप्ति समेत सार्वजनिक गरिएको छ ।

उक्त विज्ञप्तिमा नेपालको संविधानको धारा ७६को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्ति के.पी शर्मा अोलि ज्युबाट सोहि उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने प्रावधान उल्लंघन गर्दै उपधारा५ बमोजिम प्रधानमन्त्री नियुक्त हुनु पर्ने सिफारिस राष्ट्रपति बाट गरिएको थियो। त्यसै बमोजिम गर्दा बहुमत १४९ संसदहरुको हस्ताक्षर सहित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्रीको दाबीको लागि पार्टी सभापति सेर बहादुर देउवा र उहाँको समर्थनमा नेकपा (मावोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल , पुर्ब प्रधानमन्त्री माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजापाको दुर्गा पौडेल सहितका नेताहरु स्वयंम उपस्थित भइ पेश गरिदा पनि राष्ट्रपति बाट जुन निर्णय भयको छ। त्यसले मुलुकलाई जटिल र गम्भीर राजनैतिक दुघर्टना तर्फ धकेल्ने आपराधिक षड्यन्त्र भयको उलेख गैएको छ ।

मुलुकको संविधान लाइ बेवास्ता गरि नागरिकता अध्यादेश र विधेयक मार्फत देश लाई राष्ट्रघात गर्ने र नहुने चुनाव को प्रपोकाण्ड सहित सत्ता बचाउन गरेको राष्ट्रिघाति जननिर्वाचित प्रतिनिधि सभा विघटन गरी विदेशीको इशारामा देशलाई अन्धकार तिर धकेल्ने षड्यन्त्र भएको छ।

नेपाली जनता कोरोनाको महामारीले गर्दा उपचार नपायर मर्न बाध्य भयको बेला, जनतालाई अौषधी, अक्सिजन ग्यास र कोरोना बिरूद्धको खोप अपरिहार्य भयको बेला सरकार कुर्सि जोगाउन अनेक राजनैतिक चलखेल गरिरहेको छ।
यस्तो बेला सरकारले जनताको स्वास्थ्य लाइ पहिलो प्राथमिकता दिइ , प्रतेक नागरिकलाइ निशुल्क खोपको व्यवस्था गरिनुपर्ने । नेपाली जनताको संघीय लोकतान्त्रिक गणतन्त्र लाई नेपालको सव्रोपरि राष्ट्रिय हितको रक्षाका लागि लोकतन्त्रको संस्थागत विकास, उपलब्धिको रक्षाका खातिर आन्दोलनको अग्रमोर्चामा रहेर विगतका दिनहरुमा जस्तै शसक्त भुमिका निर्वाह गर्न नागरिक समाज, पत्रकार,मानव अधिकारवादी, मजदुर,किसान, प्रध्यापक, शिक्षक,कानुनकमी ,उघोगि व्यवसायी र विभिन्न पेशाकमी लगायत न्याय प्रेमी अाम जनसमुदायमा हार्दिक अपिल गरियको छ।

प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति

Leave a Reply

Your email address will not be published. Required fields are marked *