Home > मौसम > मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार,आजको मौसम कस्तो छ ? हेर्नुस

२०७८ जेठ १५ गते (शनिबार)-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

मौसम विश्लेषण :

हाल देशमा चक्रवात (Cyclonic Storm) यास् (YAAS) पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्र (low pressure area )को प्रभाव रहेको छ।

हाल मौसमको अवस्था :

हाल देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र अन्य प्रदेशहरु थोरै स्थानहरुमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।

दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ।प्रदेश २, बागमती,गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग /हावाहुरी सहित हल्का देखि मध्यम वर्षा को सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका १/२ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

copy-नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा

मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८-०२-१५ बिहान ६:०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *