जेठ १४ काठमाण्डाै – गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि कुटपिट र दुर्व्यवहार गर्नेलाई कारबाही हुने बताएको छ । आज विज्ञप्ति निकालेर गृह मन्त्रालयले कुटपिटमा संलग्न जो कोहीलाई पनि कडाकारबाही गरिने उलेख गरिएको छ ।
कोभिड–१९ महामारीको यो बेला बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय छ भन्दै छानबिनका क्रममा दोषी पाइएकालाई कारबाही हुने विज्ञप्तिमा उलेख गरिएको छ ।
बिहीवार (हिजो) बेलुका ८ बजेको समयमा बाँकेको नेपालगञ्जमा रहेको भेरी अस्पतालमा कोरोना सङ्क्रमितको ज्यान गएपछि मृतकका आफन्तले डाक्टर र नर्सलाई कुटपिट र दुर्व्यवहार गरेका थिए । प्रहरीले कुटपिटमा संलग्न भएका तीन जनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरिसकेको छ ।
घटनाको विरोधमा डाक्टर तथा स्वास्थ्यकर्मीले शुक्रवार बिहानैदेखि अस्पताल परिसरमा विरोध प्रदर्शन गर्दै आएका छन् ।