Home > मुख्य समाचार > भेरी अस्पतालः स्वास्थ्यकर्मी आन्दोलित, आक्रमणकारी पक्राउ

भेरी अस्पतालः स्वास्थ्यकर्मी आन्दोलित, आक्रमणकारी पक्राउ

जेठ,१४ काठमाडौं ।बाँकेको भेरी अस्पतालमा बिहीबार राति चिकित्सकमाथि आक्रमण भएको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । उपचारका क्रममा एकजना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले चिकित्सकमाथि आक्रमण गरेपछि स्वास्थ्यकर्मी आन्दोलित भएको बताएका छन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले ज्यानै लिनेगरि भएको घटनामा दोषीले कडा कारबाही हुने कुराको आशंकामा स्वास्थ्यकर्मीहरु सन्त्रासमा रहेको बताए । स्वास्थ्यकर्मीहरु अस्पताल परिसरमा बाहिरै भेला भएर विरोध जनाएका छन् । स्वास्थ्यकर्मीहरुले काम भने नरोकेको बताएका छन् ।

भेरी अस्पतालको सिप्याप भेन्टिलेटरमा उपचाररत गम्भीर अवस्थाका विरामी दाङका ५४ वर्षीय संक्रमितको ज्यान गएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन् । डा. थापाले ‘चिकित्सकहरुले उनलाई बचाउन हरसम्भव गरिरहेको प्रयास सफल हुन नसकेको’ जानकारी दिंदै उपचार गराइरहेका आफन्तको मृत्युपछि केही मानिसले डाक्टर तथा नर्समाथि कुटपिट गरेको बताए । उनीहरूले अस्पतालसमेत तोडफोड गरेका थिए ।

मृत्यु हुने दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावत थिए । उनको मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायत ४/५ जनाको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि आक्रमण गरेको प्रहरी स्रोतले जनाएको छ । मान बहादुर सहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ । पक्राउ पर्नेमा छोरा भरत र लोकराज रावत पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *