जेठ १४ काठमाडौं-भेरी अस्पतालमा स्वास्थकर्मीमाथि कुटपिट भएको छ । बिहीबार राति करिब ८ बजे बिरामीका आफन्तले गम्भीर अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी माथि कुटपिट गरेका छन् । पश्चिम नेपालमैं सबैभन्दा बढी कोराना बिरामी उपचार गरिरहेको भेरी अस्पतालमा यसरी स्वास्थ्यकर्मी आक्रमणमा परेको पहिलो घटना भने होइन ।यस घटनाका प्रत्यक्षदर्शीका अनुसार, भेन्टिलेटरमा उपचार गराइरहेका एकजना बिरामीको ज्यान गएपछि आक्रोशित तीन जनाको समूहले आइसियुमैं छिरेर ड्यूटिमा रहेकी नर्सिंग स्टाफमाथि आक्रमण गरेका थिए ।
स्वास्थ्यकर्मीहरुले ज्यान जोखिममा राखेर ज्यान जोगाउन खटिएका स्वास्थ्यकर्मीमाथिजको श्रृंखलाबद्ध दुव्र्यबहार नरोकिंदासम्म काम गर्ने वाताबरण नरहेको गुनासो गरेका छन् । छलफलमा सहभागी सुरक्षा अधिकारीहरुसँग उनीहरुले स्वास्थ्ज्यकर्मीमाथि आक्रमण गर्ने दोषीलाई कारबाहीको प्रतिबद्धता माग गरेका छन् । स्वास्थ्यकर्मीमाथि नै आक्रमण भएपछि विरामी तथा कुरुवाहरुमैं सन्त्रास फैलिएको प्रत्यक्षदर्शीले बताए । केहीबेरमैं पुगेको प्रहरीले अवस्थालाई साम्य पारेको थियो । त्यसलगत्तै स्वास्थ्यकर्मीहरु भेला भएर काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।
खासगरि, उपचारका क्रममा बिरामीको ज्यान गएपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि विभिन्न आरोप लगाउँदै आक्रमण गर्ने गरेको गुनासो बढेपछि भेरी अस्पतालमा प्रहरी खटाइएको छ ।