जेठ,८ काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गर्नु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि चुनाव कातिक २६ र मंसिर ३ गते गरी दुई चरणमा गर्ने घोषणा गर्नु भएको छ ।
मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिस पठाएको थियो