Home > राशिफल > तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

७ जेठ २०७८, शुक्रवार
हर्षन कोउलव पूर्व फाल्गुनी
बिहानको ०५ : ५३
May 21, 2021

७ जेठ, २०७८ – शुक्रवार – आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व
सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।
लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज संगीत, कला र साहित्यमा रुचि बढ्नेछ ।
ठीक समयमा सही निर्णय लिन सकिनेछ ।
घरजग्गाको कारोबारमा सफलता मिल्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
नयाँ व्यक्तिसँग भेटघाट हुनेछ ।
तर स्वास्थ्यको भने विशेष ख्याल गर्नुहोला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ ।
राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
वैदेशिक क्षेत्रको काम भने विस्तारै अघि बढ्नेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज मान प्रतिष्ठामा वृद्धि होला ।
धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।
नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
शुभकार्यको चर्चा चल्नेछ बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
घरायसी मनोरञ्जन हुनेछ,
तर स्वास्थ्य मापदण्डलाई ख्याल गर्नुहोला ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ ।
महत्त्वपूर्ण कामको थालनी हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफन्त वा सहकर्मीबाट विरोध आउला ।
चोटपटकको भय छ, सचेत रहनुहोला ।
यात्रामा सामान पनि हराउन सक्छ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज कुनै कुराले मन प्रसन्न रहनेछ ।
राजनैतिक कार्य र समाजसेवामा मन लाग्नेछ ।
वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
मनमा दुबिधा हुने र स्वास्थ्यमा समस्या आउन सक्छ ।
अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला ।
सरकारी निकायको भय रहनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
शुभकार्यको चर्चा चल्नेछ ।
सामाजिक काममा सहभागी भइएला ।
रोकिएको कामलाई दोहोर्याएर प्रयास गर्दा फाइदा हुन सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल (हाम्रो पात्रो द्वारा साभार गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *