अात्मासाथ गरौं !!!
जेठ ६ काठमाण्डौ – विश्व व्यापी महामारी चलिरहेको छ।हामी जुध्ने या लढ्ने भनिरहेका छौं।वास्तवमा हामी सांच्चिकै जुधीरहेका छौं कि भागिरहेका छौं?।भागेर कहां जाने?? विज्ञान र प्रविधिमा तिलस्मी उन्नति गरेका मुलुकहरुले थाम्न नसकेको व्यथा ,यो अरुको दानदातब्यमा चलेको मुलुकले कसरी सामना गर्ने??।
सरकार के के न गरें भन्दै छ जनता केही गरिनस भन्दै छन्।वास्तवमा यो कसैको कावुमा छैन भनेर प्रमाणित भईसक्यो।चन्द्रमामा रेस्टुरेन्ट खोल्ने समुन्द्र मुनि शहर निर्माण गरिसकेकाहरु हारकायल भैसकेको प्रत्येक्ष देखिसकेका छौं। अाधुनिक विज्ञानका पर्वतक न्युटनको सिद्धान्त अनुशार कृया=प्रतिकृया हुन्छ।तर हाम्रा प्रयासहरु त्यसको ठीक विपरित चलिरहेको छ।जति हामी छेकथुनको प्रयास गरिरहेका छौ त्यति नै यो भाईरस शक्तिशाली वन्दै स्वरुप फेर्दै मानव समाजमा कृयाशील भईरहेको छ।
प्रकृतिको विधिविधान विपरित मानव समाज चलेपछि नकारात्मक उर्जाका रुपमा प्रकृतिले अाफ्नो प्रतिक्रिया जनाईरहेको छ।यसका विरुद्ध अाधुनिक विज्ञानको प्रतिक्रिया उल्टो हानिकारक बन्दै गएको छ। अहिले विश्वमा चल्दै अाएको स्वास्थ्य शुरक्षाका लागि अपनाईएको ,प्रतिविष प्रणाली,वेठिक सिद्ध भैसकेको छ।यसको प्रकोप मन्द भैसके पछि अाविष्कार गरिएको खोपले रोकथाममा सहयोग पुगेको भ्रम छर्न सफल भएको छ।जहाँ जहाँ यस्को प्रकोप बढ्दो छ त्यहा खोप कामयावी भएको छैन।
विशेष गरि भारत वर्ष यो भाईरसको प्रकोपले अाक्रान्त छ,सबै प्रयासहरु विफल हुँदै गएका छन्। भाईरस अातंक भन्दा पनि सन्चार माध्यमबाट छरिएको ध्वनि अातंक वढी खतरनाक बन्दै गएको छ।मानिसमा भय प्रत्यारोपण गरेर उसभित्र रहेको निर्भयताको ताकतलाई दिन दिनै छिन्न भिन्न बनाईरहेको छ।पृथ्वी,जल,तेज,अाकाश,वायु पन्च तत्वले वनेको मानव शरीरको रोग विरुद्ध लढ्ने शक्ति भनेको ,तेज, हो जस्लाई मलिन बनाउने काम अहिलेको स्वास्थ्य विज्ञान र यस्का प्रयासहरुले गरिरहेको छ।।
निरन्तर मानवीय जिजिविषा माथि प्रहार गरेर तेजोवध गरिंदै छ। बेला बेलामा यस्ता प्रकोपहरु भैरहनु स्वभाविक प्रक्रिया हो।अाज भन्दा पहिले पनि यो भन्दा ठुला र कहाली लाग्दा प्रकोपहरु भोगी सकेको छ प्राणी जगतले र भविष्यमा पनि यो भन्दा काहाली लाग्दा प्रकोपहरु व्यहोर्नु छंदैछ।पृथ्वीमा हुने यस्ता परिघटनाहरु स्वभाविक हुन भनेर मान्न नसक्ने अाधुनिक विज्ञानको अहंकार नै मानव समाजका लागि दुर्भाग्य बन्न पुगेको छ। जुन व्यथाले कोही मर्ने कोही वांच्ने,जसको कुनै उपचार छैन।
कथित उपचारका नाममा अस्पतालहरु नै भाईरसका केन्द्र वनेका छन्।संन्चार माध्यमका त्रशादीपुर्ण समाचारले गर्दा मानिस भयाभव वनेर अदमरो भैसकेका छन्।दिन दिनै भाईरस शक्तिशाली वन्दै गएको छ।यही सोच र तरिकाको मात्रै भर पर्ने हो भने झन जटिलता पैदा हुनेछ। मृत्युको शाश्वत सत्यलाई स्वीकार गर्ने सिवाय हामीसंग कुनै उपाय छैन।जति अटेरी गर्दै गयो त्यति नै बढी क्षति वेहोर्नु पर्ने हुन्छ।
ढिलो चांडो यो सबैको शरीरमा प्रवेश गर्ने नै छ। दिन ,मानु सकिएकै रहेछ भने स्वयं भगवानले पनि बचाउन सक्दैनन्।समय बांकी रहेछ भने कसैको केही लाग्नेवाला छैन।दुरी कायम गरौं ,प्रकोपलाई अात्मा साथ गरौं।मृत्यु छेक्न सक्ने विज्ञानको जन्म भएको छैन।भागेर समश्या समाधान हुन्न ।कहाँ भाग्ने कति भाग्ने कति लुक्ने???
मार्नु नै छ भने चट्याङ हानेर पनि मार्छ ।अनि किन कायर हुने?? हुलमुलमा नजाअौ ,अौषधीजन्य परिकारहरु खाने गरौं।वैदिक र प्रकृतिक उपचार पद्धति अवलम्वन गरौं।मृत्युलाई स्वीकार गर्न सक्ने क्षमता नै वीरता हो।हामी वीरका सन्तान वीरता पूर्वक वांचौ। कर्फ्यु लगाएर जनता चुस्ने काम बन्द गर्न सत्ताशीनहरुलाई खवरदारी गरौं।परिस्थितिको सापेक्षतामा जीवनलाई अावद्ध वनाअौं।सबको जयहोस्।