Home > मौसम > आजको मौसम कस्तो छ ? हेर्नुस

आजको मौसम कस्तो छ ? हेर्नुस

२०७८ जेठ  गने (बुधबार)–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको आसपासमा रहेको चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेको छ।

हाल मौसमको अवस्था :

हाल प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्य देखि पुर्ण बदली रहेको छ। कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका भू-भागको  एक /दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

दिउँसोदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक /दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रहनेछ।कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।

 

copy -नेपाल  सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा
 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति: २०७८-०२-०५ बिहान ६:०० बजे)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *