काठमाण्डौ ४ जेठ -दाशढुंगा दुर्घटना एउटा अकल्पनीय घटना थियो,दु:खद घटना।देशका होनहार नेताले ज्यान गुमाएको घटना।यसले सारा नेपालीलाई दुखी तुल्यायो।आस्था र बिश्वास आआफ्ना हुन्छन,तर कतिपय व्यक्ति र तिनको ब्याक्तित्व ,बिचार सोच र कार्यदिशाले समग्र समाज र राष्ट्रलाई नै प्रभावित गरिएको हुन्छ र त्यही कोटिको ब्यक्तित्व थिए मदन भण्डारी ।हुनत उनले काम गर्न पाएनन र धेरै कुरा टेष्ट हुन बाकी नै थियो तर उनी उदयमान थिए ।उनको देहावसान आकस्मिक ,अकल्पनीय र रहस्यमय घट्ना बन्यो र यो घटना अहिलेसम्म पनि रहस्यको पर्दा भित्र नै छ।
मदन भण्डारीलाई एमालेले शिर्ष नेता मान्छ र उनको सोचको कार्यदिशा जवजलाइ आफ्नो सिद्धान्त तथा राजनितिक रोड्म्याप पनि मान्छ र त्यस्को अपनत्वमा तछाड्मछाड पनि चल्छ।एमाले कैयौं पटक सरकारमा आयो,यसका चार नेता प्रधानमन्त्री बने र अहिले त राष्ट्रपति प्रधानमन्त्री दुबै एमालेकै छन।स्वयं मदन भण्डारीको धर्म पत्नी शक्तिशाली राष्ट्रपति हुनुहुन्छ ।वहाँको ब्यक्तित्व यो उचाईमा पुग्नमा पनि मदन भण्डारीकै नाम र कामको भुमिका र सम्बन्ध छ भनेर बुझिन्छ पनि।
अहिले भर्खर मदन जिवराज स्मृतिको वार्षिक औपचारिकता पुरा भयो,यस दिन एमालेका नेताहरूले खुबै याद गर्छन नेता मदन भण्डारीको र शक्तिमा भएका र नभएकाले दुर्घटनाको छानबिनको माग पनि गर्छन ! तर यो माग वर्षमा एक चोटि गर्छन र कोसंग माग गर्छन त्यो चाहिँ स्पष्ट हुदैन।फेरि अर्को वर्ष कुरा निस्कन्छ र सेलाउछ।आफ्नै एकलौटी सरकार ,आफ्नै सबै उच्च पदमा आसिन,श्रोत साधन र निर्णय अधिकार आफ्नै हातमा। अनि फेरि यस्मा कुनै पहल र सकृयता चाहिँ नदेखिनु एउटा उदेकलाग्दो र अचम्मित बिषय होइन र?तपाईं एमालेका नेता कर्याकर्ता स्वयं बिचार गर्नु होस त!तपाईहरुले यो बिषय निकाल्दै र छोप्दै किन गर्नु हुन्छ?
अब राजालाई ,कांग्रेसलाई वा अन्य कसैलाई भन्न वा दोष लगाउन त मिल्ला र?यति ठूलो महत्वको बिषयलाई गुमराहमा राखी छोड्नु र निकाल्ने र फेरि मौन बस्ने यो चाल नेपाली सबैलाई ठिट र उदेकलाग्दो छैन र? त्यसैले यस बिषयमा बर्तमान सरकारले ढिलै भए पनि सत्य तथ्य छानबिन गरि वास्तविकता उजागर गर्न कदम उठाउन बिनम्रतापुर्वक एउटा सामान्य नागरिकको हैसियतले आग्रह गर्दछु।किनकि यो सबै नेपालीको चासो र सरोकारको बिषय छ अझै पनि।।पुर्व रक्षा सचिब देबेब्द्र प्रसाद सिटौलाले आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक गर्नु भएको छ। सिटौला ‘हाम्रो नेपाल सुशासन अभियान’ को परिकल्पनाकार समेत हुनुहुन्छा