Home > मुख्य समाचार > सप्तकाेशी नगरपालिकाकाे उपमेयर कोरोना संक्रमणबाट मृत्यु

सप्तकाेशी नगरपालिकाकाे उपमेयर कोरोना संक्रमणबाट मृत्यु

 सप्तरी ४ जेठ,  – सप्तरीकाे सप्तकाेशी नगरपालिकाकी उपमेयरकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ । विराट मेडिकल कलेज विराटनगरमा उपचारत उपमेयर आशा चाैधरीकाे आज विहान ४ बजे मृत्यु भएकाे हाे । उहाँलाइ एक साताअघि देखि अस्पताल भर्ना गरिएकाे थियाे ।
सप्तकाेशी नगरपालिकामा हालसम्म तीन जनाकाे मृत्यु भएकाे छ ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि १० दिनअघि विराटनगर अस्पताल भर्ना गरी उनको आइसीयूमा उपचार भइरहेको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। उपमेयर आशा चाैधरीकाे आज विहान ४ बजे उपचारकै क्रममा मृत्यु भएकाे छ।
मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *