२०७८ जेठ ४ गने (मंगलबार)-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
मौसम विश्लेषण :
हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात ताउ-ते “TaukTae” को प्रभाव रहेको छ ।
हाल मौसमको अवस्था :
हाल देशभर सामान्य बदली रहेको छ।
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशको पहाडी भू-भाग तथा कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।उच्च हिमाली भू-भागका केहि स्थानहरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।
copy – नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८–०२–०४ बिहान ६:०० बजे)