Home > मुख्य समाचार > कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु,९,२४७ संक्रमण

कोरोना संक्रमणबाट एकै दिन २१४ जनाको मृत्यु,९,२४७ संक्रमण

जेठ ३, काठमाडौं । २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २१४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए अनुसार एकै दिन ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो ३ दिन लगातार मृतक संख्या घटे पनि सोमबार पुन बढेको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार २१५ पुगेको छ । गत शुक्रबार मृतक संख्या २०३, शनिबार १८७ र आइतबार १४५ जना रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *