जेठ,३ काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छन ।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा सोमबार छुट्टाछुट्टै रिट दर्ता गर्नु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वाचन गर्नु भएको शपथ राष्ट्रपतिले वाचन गर्नु भएको शपथ भन्दा फरक फरक परेको भन्दै उक्त शपथ बदर गराउन माग गर्दै रिट दायर गरेका हुन् । रिटमा उक्त शपथ बदर गराएर फेरि शपथ गराउन र फेरि शपथ नगरी कामकाज गर्न नदिन आदेश समेत माग गरिएको छ ।