जेठ,२ काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप भेरोलेस आइतबारदेखि काठमाडौं जिल्लामा लगाउन सुरु गरिएको छ ।
जेठको ११ गतेसम्म चल्ने खोप अभियानमा चैतको २५ गतेदेखि वैशाख १५ गतेसम्म पहिलो चरणको डोज खोप लगाएकाहरुलाइ लगाउने वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयले जनकारी दिएको छ ।
आज आइतबार काठमाडौं महानगरपालिकाको ३३ वटै वडामा खोप लगाउन सुरु गरिएको छ। महानगरपालिकाको कुनैपनि वडाभित्र तोकिएको ठाउँमा पहिलो चरणको खोप लाएको कार्ड देखाएर खोप लगाउन सकिने समेत मन्त्रालयले जनाएको छ ।