Home > मुख्य समाचार > केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त

केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनः नियुक्त

काठमाण्डौ – नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ ।

संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी स्वतः पदमुक्त हुनुभएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनमा बहुमतको सरकार बनाउन आह्वान गरे पनि कुनै दलले सहमति जुटाउन नसक्दा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।शुक्रवार दिउँसो पद तथा गोपनीयताको शपथ हुने।

 

कपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त
कपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *