३१ वैशाख २०७८, शुक्रवार
सुकर्मन कोउलव रोहिणी , ईद उल फितर/अक्षय तृतीया व्रत/परशुराम जयन्ती
बिहानको ०६ : १६
May 14, 2021
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ ।
अरूको मुख नताकी सही निर्णय लिन सके
थप अवसर प्राप्त होला ।
स्वादिष्ट भोजन पनि पाइएला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आँटेको र ताकेको कार्य पुरा होला ।
प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।
साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
भाग्यले साथ दिनेछ ।
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ ।
शिक्षामा पनि सफलता पाइएला ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ ।
बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल
प्राप्त हुनेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।
प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।
शिक्षामा अवरोध आउनसक्छ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ ।
धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।
रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ ।
धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
नजिकको व्यक्तिबाट सहयोग पाईनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला ।
दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला ।
अल्छीपना पनि बढ्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज रमाइलो यात्राको योग रहेको छ ।
आफन्तबाट सहयोग प्राप्त हुनेछ ।
नयाँ कार्यको थालनी हुनेछ ।
पढाइ लेखाइमा प्रगति हुनेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ ।
पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् ।
प्रेम जीवन पनि सफल रहनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् ।
छोटो दुरीको लाभदायी यात्रा हुनेछ ।
अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले
सजगता अपनाउनु नै उचित हुनेछ ।
काम विगार्नेको सक्रिय रहने देखिन्छ ।
नियमित खर्चसमेत बढ्ने योग छ ।-प् नबराज मैनाली