जितुको प्रश्न–‘भोली जनताले जीताउलान् भन्ने छ ?’
कोरोनाले हरेक दीन मृत्यु दर बढाइ रहेको छ l यस् जटिल समयमा सरकारले लकडाउन बाहेक अन्य केही उपाय निकालेको नै छैन l जनतालाई घर भित्र थुनाएरै लकडाउनलाई नियन्त्रण ल्याउने विशाल सोच राखेर सरकार मस्त सँग पलेटी कसेर बसेको छ l अक्सिजन खपतले गर्दा कोभिड बिरामी अस्पतालको शैयामा दिनदिनै छटपटाएका छन् l
कुर्सीको लागी ‘हामी यहाँ छौ’ भनेर माइतीघर मण्डलामा तमासा देखाउने लाचार नेताहरू , यस् समयमा ढोकाको चुकुल लगाएर मलमलको सोफामा बसेर टेलिभिजनको पर्दामा जनता मरेको र कोभिडको सङ्ख्या बढेको हेरेर बसेका छन् l नेताहरूको यस्तो सामन्ती स्वभाव देखेर जनताहरू आक्रोशित बनेका छन् l सामाजिक सञ्जालको कमेन्टमा नेताहरूलाई गाली गलौच गर्न बाहेक अन्य केही गर्न सकिने अवस्था छैन l सबैको एउटै प्रश्न छ भोलि कुन मुख लिएर भोट लीन घरको आँगनमा आउँछौ ?
यही प्रश्न हाँस्य कलाकार जितु नेपालले पनि गरेका छन् l सामाजिक संजालमा ‘जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहिएको छ । उपचार चाहिएको छ । राहत चाहिएको छ । हौसला चाहिएको छ । सरकारलाई तारिफ चाहिएको छ, गुनगान चाहिएको छ, चाकडी चाहिएको छ । नेताहरूलाई सहमति चाहिएको छ, कुर्सी चाहिएको छ, भागबन्डा चाहिएको छ ।
यस्तो बिषतको बेलामा आन्तरिक झगडा, कलह, लुछाचुँडी, तानातान, तछाड र मछाड छ । सहमति भन्या छ करोडौँको सरकारी गाडीमा अगाडि पछाडि सुरक्षाको लर्को लिएर हिड्या छ, घरघरमा पुग्या छ । बिलौना गर्या छ, अनुरोध गर्या छ, भाग लगाएर खाऊ भन्या छ । अब मेरो पालो भन्या छ ।’जितुले सबै नेतालाई एउटै प्रश्न गर्दै सोधेका छन्–‘देशमा यस्तो विपत्त परेको बेलामा यस्तो ब्यहोरा देखाउँदा भोलि जनताले जिताउलान् भन्नी छ ?’प्रदेस अनलाइन खबरमा प्रकाशन गरिएको छ।