Home > मुख्य समाचार > माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा ओलीसँगको छलफल सकारात्मक’– नेपाल

माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा ओलीसँगको छलफल सकारात्मक’– नेपाल

काठमाण्डाै – प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसाे बूढानीलकण्ठमा एक व्यवसायीकाे घरमा छलफल भएको थियो ।

भेटपछि प्रतिक्रिया दिनुहुदै वरिष्ठ नेता माधब कुमार नेपालले कुराकानी सकारात्मक भएको जानकारी दिनुभयो। आफू पक्षका सांसदको राजीनामा के भयो ??? भन्ने प्रश्न गर्दा,आजका लागि टरेको जानकारी समेत दिनु भएको छ । भेटबार्तामा छलफल गर्दा पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ ।

उता बिहीवार बिहान बसेको स्थायी कमिटीको बैठकले माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा गरेको छ। तर कारबाही फुकुवा भएपनि नेपाल पक्षले भने थप माग पूरा नहुञ्जेल साथ नदिन बताइरहेको छन् । नेपाल पक्षका सांसदले आजै चार बजे राजीनामा दिने चेतावनी समेत दिएको थियो। ओली र नेपालको भेटवार्ताका कारण राजीनामा टरेको छ ।

माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा
माधव नेपालसहित चार जना नेताको कारबाही फुकुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *