काेराेना भाइरसकाे सङ्क्रमणबाट नेपालमा थप दुई सय १४ जनाकाे ज्यान गएकाे छ । यसअघिकाे विवरण र पछिल्लाे २४ घण्टामा समेत गरी दुई सय २४ जनाकाे ज्यान गएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानाकरी दिएकाे छ । अहिले समेत नेपालमा काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेकाे सङ्ख्या चार हजार चार सय ६६ पुगेकाे छ ।
पछिल्लाे २४ घण्टामा भने आठ हजार नाै सय ६० जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । १९ हजार चार सय ७४ जनाकाे पीसीआर र सात सय ७१ जनाकाे एन्टिजेन परीक्षण गर्दा आठ हजार नाै सय ६० जनामा सङ्क्रमण पुष्टि भएकाे हाे । नेपालमा अहिले सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या चार लाख ३१ हजार एक सय ९१ पुगेकाे छ ।
पाँच हजार ५५ जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या तीन लाख २१ हजार पाँच सय १८ पुगेकाे छ ।