Home > मौसम > आजको मौसम कस्तो छ ? हेर्नुस

आजको मौसम कस्तो छ ? हेर्नुस

२०७८ बैशाख ३० गते (बिहिबार)-जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार 

मौसम विश्लेषण :

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था :

हाल देशका अधिकांश भू-भागमा सामान्य बदलीको रही गण्डकी प्रदेश तथा बागमती प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो:  देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

राती: प्रदेश १ सहित देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकि भू-भागहरुमा आंशिक बदली रहने छ। प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।

 

 

 मौसम पूर्वानुमान (२०७८/०१/३० जारी समय : विहान ६:०० बजे

नेपाल सरकार

ऊर्जाजलस्रोत तथा सिंचाई मन्त्रालय

जल तथा मौसम विज्ञान विभाग

मौसम पूर्वानुमान महाशाखा
 मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)

(जारी मिति२०७८०१-३० विहान :०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *