च्छोरोल्पा न्यूज । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिनुभएकाे छ । मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले सपथ गराउनु भएकाे हाे ।
उहाँले पाेखरा स्थित प्रदेश प्रमुखकाे निवासमा आयोजित सपथ ग्रहण समारोहमा सपथ लिनुभएकाे हाे । सपथ ग्रहण समारोहमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सृजना शर्मा, एमाले संसदीय दलका सचेतक मायानाथ अधिकारी, उच्च अदालतका प्रमुख न्यायाधिश लगायतकाे उपस्थिति रहेको थियो ।
उहाँलाई आजै प्रदेश प्रमुख पौडेलले नियुक्त गर्नुभएको हो । प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलाे दलको हैसियतले आज नेकपा एमालेका संसदीय दलका नेता गुरुङलाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।