Home > प्रदेश > गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्ब गुरुङ नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्ब गुरुङ नियुक्त

 २९ वैशाख, काठमाडौं । विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बन्नु भएको छ ।

यसअघि पनि दुई तिहाई बहुमतको मुख्यमन्त्री बनेका गुरुङ अहिले भने अल्पमतको दलको मुख्यमन्त्री बनेका हुन् । अपरान्ह ४ बजेअघि विपक्षी चार दलले गठबन्धनको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरेपनि जनमोर्चाभित्रको विवादका कारण प्रदेश प्रमुखले त्यो दाबीलाई अस्वीकार गरेकी छिन् ।

प्रदेश प्रमुख सीता पौडेलले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता गुरुङलाई सरकार गठन गर्न आह्वान गरिसकेकी छिन् ।
अहिले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री गुरुङको सपथग्रहणको तयारी भैरहेको छ ।

गुरुङले यही वैशाख २६ गते पदबाट राजीनामा दिएका थिए । संविधानको धारा १६८ को उपधारा ३ अनुसार संसदमा ठूलो दलको हैसियतले सरकार बनाउन लागेका गुरुङले एकमहिनाभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *