Home > मुख्य समाचार > राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलको नेताबाट कृष्ण थापालाई हटायो

काठमाण्डौ – राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई कारबाही गरेको छ । नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि हस्ताक्षर गर्न दिएको पार्टी निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय जनमोर्चाले थापालाई कारबाही गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापाले पार्टीले सोधेको स्पष्टी करणको समेत जवाफ नदिए पछि जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाएको हो । जनमोर्चाले संसदीय दलको नेताबाट थापालाई हटाइएको पत्र प्रदेशसभा सचिवालयलाई पठाए सकेको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *