Home > मुख्य समाचार > वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणको कारण ज्यान गयो

वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना सङ्क्रमणको कारण ज्यान गयो

काठमाण्डौ – नेकपा एमालेका नेतासमेत रहनुभएका प्रदेशसभा सदस्य पशुपति चौलागाईँको कोरोना संक्रमणको कारण बाट ज्यान गएको एमालेका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले पुष्टि गर्नु भएको छ । पशुपति चौलागाईँको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा ज्यान गएको एमालेका प्रवक्रा प्रदिपकुमार ज्ञवालीले बताउनु भएको छ ।

पशुपति चौलागाईँ दोलखा जिल्लाको क्षेत्र नम्बर ख बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलागाईँ अनेरास्ववियुको वाग्मती संयोजक सहित केन्द्रीय सदस्य,र नेकपा एमाले दोलखाको पार्टी सचिव (प्रमुख), एमाले वाग्मती अञ्चल सदस्य, सह–इन्चार्ज, इन्चार्ज समेत रहनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *