Home > कला/साहित्य > ए कोरोना : तारा तामाङ ” खुशी”

ए कोरोना : तारा तामाङ ” खुशी”

ए कोरोना, ए कोरोना

दुख न देना, न दे

कति काखहरु रित्तिए

कतिले न्यानो काख पाएनन !

 

डरले मन काँप्दै छ

किन यति निष्ठुरी भएको?

भन न किन हो तिमी यस्तो भएको?

रहरहरु सबै छरिदै छ !

 

यति शक्तिशाली न बन कि

हाम्रो प्रार्थनहरु पनि व्यर्थ जाओस

अलिकति त बुझ अनि साम्य हौं

तिम्रो डर र त्रास यति छ कि !

 

आजकल न हाँस्न मन छ

न खान, कहिले के खबर सुनिन्छ

कहिले के शब्दनै छैन म सङ्ग

व्यक्त गर्ने मन कति विचलित छ ?

 

तिमीलाई विनम्र अनुरोध गर्छु

अब रोकी देउ यो कहर

छैन अब बाँच्ने कुनै रहर

चारै तिर मातम छाएको छ !

 

मुख बन्द छ, मन भरी डर त्रास छ

छैन रमाइलो छैन कुनै रहर

चारै तिर तिम्रो त्रास छ कोरोना

मात्रै तिम्रो त्रास छ कोरोना !

 

म कसरी शान्त बस्न सक्छु भन न ?

अब तिम्रो यो अन्याय छोड न

अब शान्त हौं , मरहम लगाउ

ती घाँउहरुमा, चुपचाप बस !

 

सवै आफ्नो पनि बिरानो देख्छु

एकान्त मात्रै रुचाँउछु

दाजु- भाइ, घर- परिवार, छर- छिमेक

सबैलाई टाढा बनाइस त, अब के

चाहियो?

 

अब त शान्त हौं, जिउन दिनु पर्छ

स- साना, कोपिलाहरु फकृदै छ

फुल्न दिनु पर्छ, तिमी यति अहंकारी हुनु

हुँदैन

यसरी जताततै हा- हाकार मच्चाउनु हुँदैन ।

तारा तामाङ ” खुशी”

Leave a Reply

Your email address will not be published. Required fields are marked *