Home > मुख्य समाचार > दोलखा* भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’अहिले क्षमा पूजाको तयारी

दोलखा* भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’अहिले क्षमा पूजाको तयारी

शिव बहादुर बुढाथोकी

वैशाख २५ दोलखा – भीमेश्वर मन्दिरको शिलामा ‘आज पसिना’आएको छ । शनिबार दिउँसो १ बजेतिर शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले बताउनु भएको छ ।
भीमेश्वर मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापन समितिले स्थानीय प्रशासनलाई जानकारी गराए पछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी भीमेश्वर मन्दिरमा पुगनु भएको थियो । भीमेश्वर मन्दिरमा अहिले क्षमा पूजाको तयारी भइरहेको प्रहरी अधिकारीले बताउनु भएको छ ।

 

पछिल्लो पटक गत मंसिरमा पनि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको भन्दै स्थानीय प्रशासनले विज्ञप्ति नै जारी गरेको छ ।
शिलामा पसिना आएसँगै प्रचलित परम्पराअनुसार भीमेश्वर मन्दिरका पुजारी तथा गुठियारहरुले पूजा पाठ गर्ने प्रचलन रहेको छ । शिलाबाट पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास समेत  रहि आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *