काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणमा सरकारले काम रोकथामको लागि काम गरिरहेको बताउनु भएको छ । आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले बताउनु भएको हो।
कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिए पछि नेपालमा यो महामारी केहि नियन्त्रणमा रहेको दाबी समेत गर्नु भएको छ ।
उहाँले पहिला लापर्बाहीको कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गर्नु भएको छ । महामारीकै बीचमा विभिन्न राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उहाँको भनाइ छ । तर अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि विभिन्न ठाउमा पहल गरिरहेको पनि बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गर्नु भएको छ ।