Home > समाचार > सामाजिक संजालमा सकारात्मक कुरा मात्र पोष्ट गर्नेछु : कलाकार दीपकराज गिरी

सामाजिक संजालमा सकारात्मक कुरा मात्र पोष्ट गर्नेछु : कलाकार दीपकराज गिरी

कलाकार दीपकराज गिरीले कोभिडसँगको लडाई जारी रहुन्जेलसम्म आफ्नो सामाजिक संजालमा नकारात्मक कुरा पोष्ट नगर्ने प्रण गर्नु भएको छ। उहाले फेसबुकमा स्टाटस लेख्दै सामाजिक संजालमा दैनिक रुपमा देखिने तस्वीर र नकारात्मक कुराले कोभिडका बिरामीलाई झनै समस्यामा पारेको र मानिसहरुमा मानसिक रोग बढ्न थालेको भन्दै आफूले नकारात्मक कुरा पोष्ट नगर्ने प्रण समेत गर्नु भएको हो।

कलाकार दीपकराज गिरीले लेखनु भएको । ‘सरकारलाई २ शब्द कसैले केही भनोस् एकाथरी कार्यकर्ताहरु अरिंगाल झै झम्टिन्छन् । गाली गलौच मै उत्रन्छन् । अर्कोतिर, गाउँमा भैसीले राम्रोसँग दुध दिएन भने पनि सरकारलाई नै गाली गर्ने सोच बसेको छ । एउटा पक्षले अर्को पक्षको खेदो खन्यो, राज्यले केही दिएन भन्यो बुरुक बुरुक उफ्रियो । अधिकारी शत प्रतिशत चाहिने तर कर्तव्य पुरा गर्नु नपर्ने अब सबै एकजुट भएर कोरोन भाइरस रोग नियन्त्रणमा लाग्ने बेला कसैलाई आरोप प्रत्यारोप गर्ने बेला हैन भनु भएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *