कृष्ण अधिकारी घायल
दोहा कतार ।
भ्रष्टाचार गरेको आरोपमा मुछिएका कतारका अर्थमन्त्री अलि शरिफ अल–इमादीलाइ पक्राउ गरेको छ। महान्यायाधिवक्ता कार्यालयले उनलाई शक्तिको दुरुपयोग गरेको आरोपमा जारी गरेको पक्राउ पुर्जीका आधारमा सोधपुछका लागि बिहीबार पक्राउ गरिएको हो ।
कतार सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उनी विरुद्ध छानबिन अगाडि बढिरहेको बताइएको छ।इमादी विरुद्ध वित्तीय घोटाला तथा गमन र सार्वजनिक खरिद ऐनको दुरुपयोग गरेको आरोप लगाइएको छ।
अलिले कतारमाथि छिमेकी राष्ट्रले लगाएको नाकाबन्दीको डटेर सामना गरेका थिए ।