वैशाख,२५ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ ।
वैशाख २७ गतेको विशेष अधिवेशनमा बैठकमा पार्टीको तयारीलगायतका विषयमा छलफल गर्नको लागी कांग्रेस संसदीय दलको बैठक बोलाइएको हो । बैठकआज शनिबार दिउँसो दुई बजे संघीय संसद भवन, बानेश्वरस्थित बस्ने छ ।
कांग्रेस संसदीय दलको बस्दै गरेको बैठकलाई चासोको साथ हेरिएको छ ।प्रतिनिधिसभाको आगामी बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूचि रहेको कांग्रेस संसदीय दलको कार्यालयले जनकरेरे दिएको छ ।