Home > मुख्य समाचार > ताेकिए भन्दा छ गुणा बढी प्रति यात्रु १५ हजार रुपैयाँका दरले भाडा लिने गाडी कारबाहीमा

ताेकिए भन्दा छ गुणा बढी प्रति यात्रु १५ हजार रुपैयाँका दरले भाडा लिने गाडी कारबाहीमा

काभ्रेपलाञ्चोक – काठमाण्डौ उपत्यक लगाएत विभिन्न जिल्लामा कोरोना सङ्क्रमणको दोस्रो लहरसँगै जोखिम बढेपछि काठमाण्डौबाट धनुषाको जनकपुरसम्म जाँदा करिब छ गुणा बढी भाडा लिने गाडीलाई जिल्ला ट्राफिक कार्यालय काभ्रेपलाञ्चोकले पक्राउ गरेको छ ।

काठमाण्डौबाट जनकपुर गइरहेको गाडीलाई काठमाण्डौ पूर्वी–नाका साँगाको चेकपोस्टमा १५ जना यात्रु बोकेर आएको थियो। गाडीलाई चेक जाँच गर्ने क्रममा बढी भाडा असुलेको थाहा पाएपछि कारबाहीको लागी पक्राउ गरिएको कार्यालयले जनकारी दिएको छ ।

प्रतियात्रु १५ हजार रुपैयाँका दरले भाडा लिएको जनाउँदै सवारी चालक सुरज भण्डारीसहित गाडीलाई यातायात व्यवस्था विभागमा कारबाहीका लागि सिफारिश गरिएको कार्यालय प्रमुख ट्राफिक इञ्चार्ज प्रमिला श्रेष्ठले अनलाइन खबरलाई जानकारी दिनुभएको छ ।

हामि सग कुरागर्दै उहाँले भन्नुभयो, ‘चालक र गाडी होल्ड गरी कारबाहीका लागि सिफारिश गरेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *