Home > समाचार > डिजेल सकिएर राेकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाकाे मृत्यु२ महिनाको बालिका घाइते

डिजेल सकिएर राेकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाकाे मृत्यु२ महिनाको बालिका घाइते

सन्देश कोइराला
मङ्सिर ४  दोलखा : डिजेल सकिएर राेकिएको बस दुर्घटना हुँदा एक वृद्व महिलाकाे मृत्यु भएकाे छ। बुधबार गैरीमुदीबाट काठमाडौं जाँदै गरेकाे बा ३ ख २९९७ नम्बरकाे बस दुर्घटना हुँदा बैत्यश्वर गाउँपालिका-३ कि ७० वर्षिय कुमारी तामाङकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।२ महिनाको बालिका छिरिङ्गडोड्प लामा घाइते भएकाे छन


डिजेल सकिएर भीमेश्वर नगरपालिका-८, बाेचकाे चर्नावती खाेला नजिककाे उकालाेमा राेकिराखेकाे बस ‍ओत नाघेर दुर्घटना भएकाे प्रहरीकाे भनाई छ। बसमा ३ जना मात्र यात्रु रहेकाे र २ जनाले झ्यालबाट हामफालेर ज्यान जाेगाउन सफल थिए।

  • https://www.youtube.com/channel/UCAvc3WUQYLOQDaYV1ES4MAg
    चालक र सहचालक डिजेल लिन भनेर करिब १० किलाेमिटरकाे दुरीमा रहेकाे सदरमुकाम चरिकाेट आएका बेला यो दुर्घटना भएको प्रहरीकाे भनाई छ। घटनास्थलमा डाेजर र एम्बुलेन्स लिएर प्रहरी पुगिसकेकाे छ। थप विवरण आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *