काठमाण्डौ – आजदेखि थप ६ जिल्लामा निषेधाज्ञा सुरु गरिएको छ । बाजुरामा जिल्लामा बिहान ५ बजेदेखि र रोल्पामा बिहान ६ बजेदेखि निषेज्ञाज्ञा सुरु भएको हो ।
महोत्तरीमा आज बेलुकी ६ बजेदेखि निषेधाज्ञा लागू गरिने भएको छ । म्याग्दी, मुगु र तनहुँमा आज राति १२ बजेदेखि निषेधाज्ञा सुरु हुने गृह मन्त्रालयले जननकारी दिएको छ । ६ जिल्ला थपिएसँगै निषेधाज्ञा लागू भएका जिल्लाको संख्या ४८ पुगेको छ ।
गृह मन्त्रालयका जानकारी दिए अनुसार सिराहा,बारा र बाग्लुङमा भोलि बिहानदेखि निषेधाज्ञा लागू हुनेछ । निषेधाज्ञा लागु गर्दासमेत कोरोना भाइरसको सङक्रमण कम नभएका जिल्लामा थप कडाइ गरिएको समेत बताएको । कैलालीमा भने ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थापा गरिएको छ ।
उता सुर्खेत, कास्की र पर्सामा ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थपिएको छ । बाँकेमा २७ गते राति १२ बजेसम्म निषेधाज्ञा छ । देशभर नै कोरोना भाइरसको सङक्रमण तिब्रा रुपमा बढ्दै गैरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले जरुरी काम नपरी बाहिर ननिस्कन सर्वसधारणालाइ
आग्रह समेत गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी समेत दिएको छ ।