Home > मुख्य समाचार > काेराेना महामारीको समाधान लकडाउन हुनै सक्दैन: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माअाेवादी केन्द्र)

काेराेना महामारीको समाधान लकडाउन हुनै सक्दैन: कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माअाेवादी केन्द्र)

वैशाख १८  काठमाडौं/ कर्णजित बुढाथोकी नेतृत्वको नेकपा (माअाेवादी केन्द्र) द्वारा मे दिवसकाे अवसरमा एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वव्यापी महामारीको रुप लिएको काेराेना संक्रमण नियन्त्रणकाे विकल्प लकडाउन र निषेधाज्ञा हुन नसक्ने बताएकाे छ ।

अध्यक्ष कर्णजित बुढाथोकी “सुशील” द्वारा हस्ताक्षरित विज्ञप्तिमा १३२ अाैें मजदुर दिवसको अवसरमा समस्त मुक्तिकामी न्यायप्रेमी, कर्मठ, संघर्षशिल श्रमजीवी मजदुरहरुलाई नेपाल कम्युनिस्ट पार्टी (माअाेवादी केन्द्र) शुभकामना व्यक्त गर्दै काेभिड-१९ काे महामारीको यस घडीमा दैनिक काम गरेर अाफु र अाफ्नाे परिवारकाे पालनपोषण गर्ने मजदुरहरुलाई काेभिड-१९ काे बहनामा पूँजीवादी शासकवर्गहरुले लुट्ने नयाँ प्रपञ्च सिर्जना गरिरहेकाे र यसप्रति समस्त मजदुर वर्ग सचेत मात्र नभई विद्रोह गर्नुपर्नेमा जाेड दिएको छ ।

विज्ञप्ति अनुसार याे कहालीलाग्दो नाटकीय, अमानवीय संकट सिर्जना गर्ने स्राेत नै अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद, विस्तारवाद र राष्ट्रिय सन्दर्भमा दलाल पूँजीपति वर्ग भएको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय श्रमसंगठन अाई. एल. अाे. काे प्रतिवेदन अनुसार विश्वभर १ अरब मजदुरहरुकाे राेजगारी खाेसिएकाे र नेपालको हकमा २० लाख मानिसहरु अत्यन्त पीडित हुन पुगेकाे यस घडीमा अबका दिनमा मजदुर वर्गको गासबास कपास, राेजगार र सुरक्षाको प्रश्न अत्यन्तै जटिल बन्दै गईरहेकाे छ |यसप्रति शासक वर्ग पटक्कै चिन्तित छैनन्, उल्टै काेभिड-१९ बहानामा कसरी शाेषण र उत्पीडन गर्ने षड्यन्त्रमा लिप्त रहेकाे उल्लेख गर्दै पटकपटकको लकडाउन समाधान हुँदै सक्दैन भनिएकाे छ ।

विज्ञप्तिमा वैकल्पिक व्यवस्था गरेर स्वास्थ्य मापदण्ड अपनाउन सकिन्छ । विश्वभर अधिकांश देशमा लकडाउन छैन तर राेग नियन्त्रणका वैकल्पिक उपाय अपनाएर अत्यन्त चलाएमान बनाएका छन् र राेग पनि नियन्त्रण गर्न सफल भएका छन् तर भारत र नेपालमा भने नागरिकहरुलाई नजरबन्द राखेर काेभिड-१९ लाई नियन्त्रण गर्न सकिन्छ भन्ने काल्पनिक, अवस्तुवादी, क्षणिक साेच बनाउनुले यसको दीर्घकालीन समाधान नदेखिएकाे भन्दै काेभिड-१९ एकैपटक सकिने पनि हाेईन । यस्ता महामारी मानव जगत रहेसम्म अवश्य रहन्छ ।

अबको समग्र हल वैज्ञानिक समाजवाद सिवाय अरु हुनै नसक्ने र वर्तमान केपी अाेली सरकार र संसदमा रहेका ठूला भनिने दलहरु मानवीय समवेदना, नागरिक प्रति जवाफदेहिता र दीर्घकालीन समस्याको समाधान भन्दा कसरी काेभिड-१९ काे बहानामा गणितीय तवरद्वारा सत्तामा पुग्ने र टिक्ने भन्ने जनविरोधी कार्यमा तल्लीन हुनु विडम्बना मात्र नभई गैरजिम्मेवारी पन भएको प्रष्ट्याएकाे छ । अध्यक्ष कर्णजितद्वारा हस्ताक्षरित विज्ञप्तिमा पार्टीको धारणा स्पष्ट पार्दै दलहरूबाट अागामी संकट हल गर्न किमार्थ क्षमता राख्दैन । यसको लागि राजनैनिक जन-परामर्श सम्मेलन अायाेजना गरेर वैकल्पिक क्रान्तिकारी शक्तिको नेतृत्वमा जनपक्षीय, सर्वदलीय र सर्वपक्षीय राष्ट्रिय सरकार निर्माण नै अहिलेको उत्तम विकल्प रहेकाे र यसतर्फ अग्रसर हुन सम्पूर्ण दलहरु र मजदुर वर्गमा हार्दिक अपिल समेत गरेेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *