Home > समाचार > कञ्चनपुरमा ३ जना कोरोना संक्रमितको मृत्युु

कञ्चनपुरमा ३ जना कोरोना संक्रमितको मृत्युु

वैशाख,१८ धनगढीको -कञ्चनपुरमा  तीन जना कोरोनाबाट संक्रमितको मृत्यु भएको छ ।

महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आइसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्यु भएको जानकारी दिनु भएको छ ।

डाक्टर  गोबिन्द रोकायाको अनुसार होम आइसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्यु भएको बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *