वैशाख,१८ काठमाडौं – कोरोना भाइरस(कोभिड–१९) तिब्र गतिमा फैलिरहेको अवस्थामा भाइरसको संक्रमण रोकथाम र न्युनिकरणका लागि काभ्रे र भक्तपुरको नाका साँगामा उपत्यका प्रवेश गर्ने सवारी साधनमा कडाइ गरिएको छ ।
अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधाज्ञा जारी गरेपछि प्रहरी प्रशासनले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाइ गरेपछि उपत्यका छिर्ने पूर्वी साँगा नाका सुनसान भएको छ ।