Home > मुख्य समाचार > सरकारले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर हात उठाउनु नालायकीपन : डा. बाबुराम मरासिनी

सरकारले अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर हात उठाउनु नालायकीपन : डा. बाबुराम मरासिनी

मनोज जंग कार्की

बैसाख१८काठमाडौं – हिजो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको थियो। जानकारी दिए अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो।योसँगै नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ । कोरोना भाइरस संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको  छ ।

तर काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो रुपमा फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भनेर परिपत्र गरिसकेको छ ।

मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु भनेको नालायकीपन यसले जनतालाई त्रास मात्र फैलाउने जनस्वास्थ्यवि डा. बाबुराम मरासिनीले अनलाइन खबरलाई बताउनु भएको छ ।

उहाले ‘यस्तो गैरजिम्मेवारी पूर्ण कुरा मैले अहिलेसम्म कुनै पनि देशमा सुनेको छैन । डा. बाबुराम मरासिनीको अनुसार स्वास्थ्य मन्त्रालयले यो गैरजिम्मेवारीपूर्ण सूचना जारी गर्दैगर्दा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता कति छ ? भन्ने कुरामा पनि हेर्नुपर्ने हुन्छ । ‘तर यसमा केवल स्वास्थ्य मन्त्रालयको मात्रै दोष होइन, सिंगै राज्य संयन्त्रले यो क्षेत्रलाई लामो समयदेखि गरेको बेवास्ताको परिणाम हो,’उहाले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *