२०७८ बैशाख १८ गते (शनिबार) -जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित बर्षा भइरहेको छ।
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केहि र तराईका भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना छ।
राती: प्रदेश नं १ लगायत देशका पहाडी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना छ ।
नेपाल सरकार
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय
जल तथा मौसम विज्ञान विभाग
मौसम पूर्वानुमान महाशाखा
मौसम पूर्वानुमान बुलेटिन (Weather Forecast Bulletin)
(जारी मिति: २०७८/०१/१८ विहान ६:०० बजे)