वैशाख, १७काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्काल नयाँ सरकार बन्ने संकेत नदेखिएको बताउनु भएको छ । नयाँ सरकार गठनको लागि र एमसीसीको सम्बन्धमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग कुनै सहमति नभएको समेत बताउनु भयो ।
हिमालय टेलिभिजनको कार्यक्रममा बोल्दै प्रचण्डले जसपाले अहिलॆ सम्म निर्णय गर्न नसक्दा तत्कालै सरकार बन्ने संकेत नदेखिएको उहाले बताउनु भएको छ । प्रचण्डले अहिले आफूले चाहेर मात्रै सरकार बन्न नसक्ने समेत बताएको छन् ।
विपक्षी दलहरुलाई समेटेर नयाँ सत्ता समीकरणको कसरत गर्दै आएका ओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कहिले सम्म सरकार बन्छ भन्ने प्रश्नमा प्रचण्डले ‘यसो छाँट हेर्दा त होला जस्तो छटकाट छैन जसपाले निर्णय गर्दै गर्दैन, जसपाले निर्णय नगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस तयार हुँदैन । हामी त अहिले होस् भन्ने चाहन्छौं । हामीले मात्र चाहेर त पुग्दैन ।’उहाले बताउनु भएको छ